काठमाडाैं : एकै परिवारका तीन जनाको हत्या गरेकाे आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। उदयपुरकाे बेलका नगरपालिकाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले सार्वजनिक गरेकाे हाे।
Advertisement
जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेकाे हाे।
बस्नेतले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ गोवाटार मैनामैनीमा शुक्रबार एकै परिवारका ३७ बर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
प्रहरीले उनको साथबाट हत्यामा प्रयोग भएको हतियार पनि बरादम भएको थियो।
नरबहादुरले खुकुरी प्रहार गरी तीनै जनाको हत्या गरेको प्रहरीले जनाएको छ।