दाङ । जिल्लामा टिकटक बनाउँदै गर्दा भीरबाट खसेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगर ५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।
Advertisement
मोटरसाइकल रोकेर टिकटक बनाउन गएका केसी शनिबार राति भीरबाट खसेका थिए । करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उद्धार गरी राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो ।
अस्पताल पुगेसँगै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।