काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भाग्न सफल भएका एक अभियुक्त पक्राउ परेका छन् । ठगी आरोपमा फरार सुनसरीका रिजवान आलम शुक्रबार बिहान नेपाल आएका थिए ।
Advertisement
उनी नेपाल आएसँगै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विमानस्थल भीआईपी कक्षबाट आफ्नै गाडी दिएर भगाउन सफल भएका थिए ।
बिहान विमानस्थलबाट प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा भाग्न सफल भएका आलमलाई शुक्रबार राति मेरियट होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध एक करोड ६८ लाख रुपैयाँ ठगीको आरोप छ । जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध सोही कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।