काठमाडाैं : ललितपुर महानगरपालिकाले नक्सा विपरीत बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ।
महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै नक्सा विपरित, फुटपाथ मिचेर बनाइएका अनधिकृत संरचना दसैंसम्म हटाइसक्न निर्देशन दिएको हो ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले टो–टोलमा माइकिङ गर्दै अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु हटाउन भनेका छाैं। हाछेथुले भने, ‘हाम्रो महानगरमा ठुला मलहरु धेरै छैनन्, अनधिकृत संरचनाहरु, निर्माण भएको, फुटपाथ ओगटेको संरचना पनि धेरै छैनन्। केही छन भने दशैंैसम्म हटाउन निर्देशन दिएका छौं, मानेनन् भने हाम्रो नगर प्रहरी गएर हटाउँछ।’
साथै महानगरले अाजैबाट लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको छ। ठेक्कामा दिएको उक्त भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो।