काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले उनको नाम समानुपातिकमा सिफारिस गरेको हो ।
Advertisement
अघिल्लोपटक निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपटक आफू अनुकूल चुनावी वातावरण नभएपछि निधि समानुपातिकमा रहेर सांसद भन्ने भएका हुन् ।
त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका उनी निकट एक कांग्रेस नेताले जानकारी दिए ।