काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोबारको दिन आज सुनको मूल्य तोलामा सय रुपैयाँले गिरावट आएको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो साता मात्रै सुनको मूल्य २८ सय रुपैयाँ घटेको छ । सातामा पाँच दिन सुनको मूल्य घटेको छ भने एक दिन बढेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ११ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भएको थियो ।