काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका ५ हिउँदे खोला नजिकै करिब ४० मिटर सडक भासिएको छ ।
Advertisement
बिहीबार अपरान्ह साढे ४ बजेदेखि अवरूद्ध सडकमा जेसीबीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन रोकिएका छन् ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने आउने सचारी साधनको आवागमनमा प्रभाव परेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ ।