काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको मूल्यमा आज प्रतितोला आठ सय रुपैयाँ मूल्य घटेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।