काठमाडौ । अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग कलाकारलाई बलात्कार गरेको आरोप पक्राउ परेका उनीको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।
Advertisement
अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेशी रहेको छ । नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।
उनका अनुसार मुद्दाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्ने छ ।
गत ३० चैतदेखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।