काठमाडौँ । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै तीन महिलाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।
Advertisement
तीजकै दिन चट्याङ लागेर मृत्यु हुनेमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रुपेश कुमार सिंहले बताएका छन् ।
मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिएका छन् । चट्याङ लागेर एउटै गाउँको एकैपटक तीन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।
खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दासँगै रहेकी वर्ष ४० की सैलिदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।