काठमाडौँ । विराटनगर महानगर १५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको चार लाख ५१ हजार नौ सय रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका ३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।