काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार तोलामा ७०० रुपैयाँ घटेको सुनको मूल्य आज ६०० रुपैयाँले घटेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ११ सय ६० मा कारोबार भएको थियो । आज अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो ।