काठमाडौँ । काठमाडौँ महानगरले आज न्युरोडमा रहेको अनैतिक संरचना भत्काउने भएको छ । जसमा सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन डोजर तयार गरिएको छ ।
Advertisement
अर्केडमा बनाएको अनधीकृत संरचना भत्काउन महानगरले अहिले दुई वटा डोजर तयार गरेको हो । अनैतिक संरचना भत्काउन केहीबेरमा डोजर जाने महानगरले जनाएको छ ।
महानगरले पछिल्लो समय आफ्नो क्षेत्राधिकारभित्र रहेको अवैध संरचना भत्काउँदै आएको छ । मेयर बालेन साह आफै उपस्थित भएर संरचना भत्काउँदै आएका छन् ।