काठमाडौं- देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
भारी वर्षाको सम्भावना देखिएका प्रदेशहरूमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।