काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजकसमेत रहेका उनको ह्याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
Advertisement
स्वास्थ्यमा समस्या देखिएपछि उनी परीक्षणका लागि हेम्स अस्पतालमा पुगेका हुन् । उनी अहिले निवासमै आइसोलेशनमा बसेका छन् ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।