काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सोमबार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घट्दै ९५ हजार रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाला सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्दै ९४ हजार पाँ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।