नयाँदिल्ली- भारत दिल्लीको नोयडामा अवैध रूपमा बसिरहेका १५ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement
उनीहरू उत्तरप्रदेशको गौतमबुद्ध नगर क्षेत्रमा अवैध रूपमा बसिरहेका थिए। उनीहरूलाई पक्राउ गरेर प्रहरीले अध्यागमनको डिटेन्सन सेन्टरमा पठाएको छ।
प्रहरी प्रवक्ता पंकजकुमारमा अनुसार भिसा अवधि सकिएपछि पनि उनीहरू अवैध रूपमा बसिरहेको खुलेको छ। तीमध्ये एक महिला छिन्।
गत जुनमा पनि ग्रेटर नोयडा क्षेत्रमा अवैध रूपमा बसिरहेका एक चिनियाँ नागरिक पक्राउ परेका थिए। त्यसपछि नोयडा प्रहरीले गैरकानूनी रूपमा बसिरहेका विदेशी नागरिकलाई पक्राउ गर्न अपरेसन चलाउँदै आएको छ।