काठमाडौँ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका छन् ।
Advertisement
उनीहरूले फकाएर बालिकालाई बलात्कार गरेको खुलेपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।