काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने भएको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी-आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।
Advertisement
सेबोनले सी-आस्वा शुल्क अधिकतममा पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।
अहिले चार वटा वाणिज्य बैंकहरूले निःशुल्क रुपमा सी-आस्वा सेवा प्रदान गर्दै आएका छन् । बाँकीले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी-आस्वा शुल्क उठाउँदै आएका छन् । लामो समयदेखि लगानीकर्ताहरूले सी-आस्वा सेवा निःशुल्क हुनु पर्ने माग गर्दै आएका छन् ।