काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार मूल्य तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको जनाएको हो । यस्तै, चाँदीको मूल्य घटेको छ ।
Advertisement
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य एक हजार १७० रुपैयाँ कायम भएको जनाएको छ ।