काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । शनिबार दिउँसो जारी स्वास्थ्य अपडेटअनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ ।
Advertisement
उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबारकै अवस्था अहिलेसम्म रहेको हो । लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरि नेपाल फर्किएका थिए ।
स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिनअघि उनको छातीमा संक्रमण देखिएको हो । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।