काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्यमा भारी गिरावट आएको छ । यो साता सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले गिरावट आएको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको तुलनामा यो साता सुनको मूल्यमा १८ सय रुपैयाँले गिरावट आएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेकोमा यो शुक्रबार ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ हुँदा यो साता ९५ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, यो साता चाँदीको मूल्यमा ४० रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।