काठमाडौँ । नेपाली सेयर बजारमा यो साता ३० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जक (नेप्से) यो साता समग्रमा ३० अंकले बढेको हो ।
Advertisement
साताको पाँच दिन कारोबार हुँदा दुई दिनमात्रै बढे पनि ३० अंकले वृद्धि भएको हो । यो साता २०६८ अंकमा पुगेर कारोबार रोकिएको छ ।
साताभरमा सोमबार र बिहीबार दुई दिन नेप्से बढेको थियो । यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अंकले बढेको छ । यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अंकले बढेको छ ।