काठमाडौँ । करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगर १७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement
अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनीहरूको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार हुँदै गर्दा मृत्यु भएको हो । शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।