काठमाडौँ । नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी राख्ने भएको छ । शुक्रबार बिहान बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका हुन् ।
Advertisement
पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्ष हुने छन् । त्यस्तै महासचिव, सात उपमहासचिव, नौ सचिव हुने छन् भने एक कोषाध्यक्ष हुने छन् ।
वरिष्ठ उपाध्यक्षमा नाराणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा भइसकेका छन् । उपाध्यक्ष एक जना मात्रै रहने निश्चित भए पनि २१ जना पदाधिकारी नबढ्ने गरी उपमहासचिव र सचिवको संख्या हेरफेर हुने एक जना स्थायी समिति सदस्यले जानकारी दिए ।