काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी टुंग्याउने भनिएको बैठक सकिएको छ । पार्टीको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको हो ।
Advertisement
आजको बैठक आसन्न संघ र प्रदेशसभा निर्वाचनमा केन्द्रीत भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकमा पदाधिकारी चयन गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको थियो ।
प्रवक्ता महराले शनिबार दिउँसो १ बजे पुनः स्थायी समिति बैठक बस्ने जानकारी दिए । माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाउन सकेको छैन ।