भक्तपुर । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।
Advertisement
महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२)का सभापति खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।
सभापति खडकाले पाण्डेलाई तिर्नु पर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परेपछि बिहीबार साँझ उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडकामाथि अनुसन्धान जारी छ ।