काठमाडौँ । नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले पत्र पढेका हुन् ।
Advertisement
पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नेपालको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन बाञ्छनीय भएकाले’ फिर्ता पठाइएको उल्लेख छ ।