काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।
Advertisement
आज छापावाला सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्दै आज ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी मूल्य तोलामा एक हजार २२० रुपैयाँ कायम भएको छ ।