काठमाडौँ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आज दल दर्ता गर्ने भएको छ । दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयावधि आज सकिँदै छ ।
Advertisement
निर्वाचनका लागि सिके राउत नेतृत्वको जनमत पार्टीले सबैभन्दा पहिला दल दर्ता गराएको थियो । उसको पार्टी १ नम्बरमा दर्ता भएको छ । आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरिसकेको छ । राष्ट्रिय मान्यता प्राप्त दलमध्ये कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने भएको हो ।