काठमाडौं– बेलायतले ‘ओमिक्रोन’ भेरियन्टविरुद्ध लड्ने कोरानाविरुद्धको खोपलाई स्वीकृत दिएको छ ।
Advertisement
मुख्य कोरोना भाइरस र नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध प्रभावकारी कोरोनाविरुद्धको खोप स्वीकृत गर्ने बेलायत पहिलो देश बनेको छ।
मोर्डनाको यो खोप बूस्टर डोजका रुपमा लगाइनेछ । खोप निर्माता कम्पनी मोडर्नाले यो वर्ष २९ लाख डोज उपलब्ध गराउन सक्ने बताएको छ । उत्पादित खोप कुन उमेर समुहलाई लगाइने भनेर हाल खुलाइएको छैन ।
५० वर्षभन्दा माथिका र जोखिममा रहेका समूहहरूलाई अर्को महिनादेखि बुस्टर डोज दिइनेछ। यसअघि बनाइउका कोरोनाविरुद्धका खोपहरु चीनको वुहानबाट शुरु भएको भाइरससँग मात्र लड्न सक्षम थियो। समयसँगै कोरोनाको नयाँ भेरियन्ट देखा पर्यो र पुरानो खोपको
असर कम हुँदै गयो । तर बेलायतमा बनाइएको यस नयाँ खोपले कोरोनाका भेरियन्टसँग पनि लड्न सक्ने विश्वास लिइएको छ ।