काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा जाने भएकी छन् । नागरिक विधेयक फिर्ता गरेको भोलिपल्ट आज उनी पोखरा जाने तय भएको हो ।
Advertisement
राष्ट्रपति भण्डारी धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन पोखरा जाने भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी र भेटघाटपछि मंगलबार साँझ काठमाडौँ फर्किने भएकी छन् । राष्ट्रपति जाने भएपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।