काठमाडौँ । सर्लाहीको लालबन्दीमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्रयाक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटना पश्चात फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।