काठमाडौँ । रुकुम पूर्वमा प्रहरीको भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना गम्भिर घाइते भएका छन् ।
Advertisement
गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीसहित अन्य दुई जना सामान्य घाइते भएका छन् ।
गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । आज दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा भ्यान दुर्घटना भएको हो । भ्यानमा ६ जना सवार थिए ।