काठमाडौँ । आगामी संघ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवाले पाएका छन् ।
Advertisement
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई दिने निर्णय गरेको हो ।
आवश्यक प्रक्रिया पुर्याएर पार्टीका सम्बन्धित निकायले नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र सभापति देउवाले पठाउने भएको हो । उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन ।