काठमाडौँ । गत आर्थिक वर्षमात्रै नेपालमा दुई अर्ब १६ करोड २७ लाख रुपैयाँको बोसो आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ करोड २ लाख किलो प्रशोधित बोसो आयात भएको हो ।
Advertisement
नेपालमा आयात हुने बोसो भारत, अष्ट्रेलिया र न्युजिल्याण्डबाट आउने गरेको विभागले जनाएको छ । जसमा भारतबाट मात्रै दुई अर्ब चार करोड ५५ लाख रुपैयाँको बोसो भित्रिएको छ ।
यस्तै, अष्ट्रेलियाबाट तीन करोड ७३ लाख र न्युजिल्याण्डबाट सात करोड ९८ लाख रुपैयाँको बोसो भित्रिएको तथ्यांक छ । आयातित बोसो साबुन बनाउनुका साथै अन्य कामका लागि प्रयोग गर्ने गरेको छ ।