काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । हिजो पनि प्रचण्ड, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बाबुरामबीच मोर्चा बनाएर एउटै चुनाव चिन्हबाट चुनाव लड्नेबारे छलफल भएको थियो ।
Advertisement
शुक्रबार बिहान प्रचण्डलाई भेट्न बाबुराम खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । बिहीबार प्रचण्ड, नारायणकाजी र बाबुरामबीच हात्तीवनमा रहेको प्रचण्डका भाञ्जा गोकुल भण्डारीको निवासमा भेटवार्ता भएको थियो ।
आजको भेटमा प्रचण्ड र बाबुरामबीच भएको वार्ताको ठोस कुराबारे दुवै पक्ष मौन रहेको छ । चुनावी मोर्चा र सहकार्यका विषयमा नै केन्द्रीत भएर कुराकानी भएको बताइएको छ ।