काठमाडौँ । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले १० हजारभन्दा बढी कर्मचारी कटौती गरेको छ । तीन महिनाको अवधिमा कम्पनीले १० हजार कर्मचारीलाई निकालेको समाचारमा जनाइएको छ ।
Advertisement
जुन महिनामा मात्रै कम्पनीको खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो ।
कम्पनीले जुन त्रैमासिकमा ९,२४१ भन्दा बढी कर्मचारी कटौती गरेको थियो । कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ ।
कम्पनीले जुन त्रैमासिकमा आफ्नो खुद आम्दानीमा ५० प्रतिशतले कमी आई २२.७४ बिलियन युआन (अमेरिकी डलर ३.४ बिलियन) पुगेको रिपोर्ट गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा (४५.१४) बिलियन युआन थियो । अलिबाबाको स्थापना सन् १९९९ मा भएको थियो ।