काठमाडौँ । हिन्दु धर्मालम्बीहरूको चाड जनै पूर्णिमा भक्तपुरमा आज मनाइँदै छ । बिहीबार बिहान ९ः४४ मिनेटदेखि पूर्णिमाको तिथि शुरु हुने भएकाले भक्तपुरबासीले आजै जनैपूर्णिमा मनाएका हुन् ।
Advertisement
नेपाल पञ्चाग निणार्यक समितिका अनुसार आज बिहान ९ः४४ मिनेटदेखि पूर्णिमा सुरु भई भोलि बिहान ७ः२५ मिनेटसम्म तिथि रहने भएकाले भक्तपुरबासीले आजै जनैपूर्णिमा मनाएका हुन् । भोलि भने गाईजात्रा मनाउने भएको छ ।
भोलि जनैपूर्णिमाको दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।