काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर बोकेको १४ गाडी बञ्चरे डाँडा ल्याण्डफिल क्षेत्रमा तोडफोड भएको छ । पार्किङ गरेर राखिएको फोहोर बोकेका गाडी सोमबार राति तोडफोड भएको काठमाडौँ महानगरले जनाएको छ ।
Advertisement
यसका साथै, दुई वटा फोहोर व्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरसमेत तोडफोड भएको छ । तोडफोड कसले गर्यो भन्ने जानकारी नआएको महानगरले जनाएको छ । अहिले घटनाको अनुसन्धान गर्ने काम भइरहेको छ ।
सोमबार दिउँसो धुनीवेशी गाउँपालिकाका स्थानीयले सडक मर्मत हुन पर्ने माग राख्दै आन्दोलन गरेका थिए । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै पार्किङ गरेर राखिएका थिए । पार्किङ गरेर राखिएका गाडीमा राति अज्ञात समूहले तोडफोड गरेको हो ।