काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका युवक फरार भए पनि प्रहरील पुनः पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका २६ वर्षीय अब्दुल खाँलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
Advertisement
बाँकेको खजुरा गाउँपालिका ८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिकास्थित नेपाल–भारत सीमाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थुनुवालाई खाना खुवाउने समयमा खाँ फरार भएका थिए ।