काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) एक नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने तयारी गरेसँगै राउतको पार्टी एक नम्बरमा दर्ता भएको हो ।
Advertisement
पार्टी उपाध्यक्ष ई बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिएर सप्तरीमा दुई स्थानीय तह र १८ वडामा जित हात पारेको थियो ।
जनमत पार्टीका अध्यक्ष राउतले आगामी निर्वाचनमा सहकार्यका लागि जनता सामाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट गरेका छन् ।