काठमाडौं– पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यस अवधिमा ३०१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।