काठमाडौँ । बाढीले कपिलवस्तुमा दुई जनालाई बगाएको छ । जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले एक दम्पत्तीलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
Advertisement
बाणगंगा ७ निवासी वीर बहादुर सुनार र लक्ष्मी सुनारलाई बगाएको हो । नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको जनाइएको छ ।
उनीहरुसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका थिए । नदीमा बगेका दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।