काठमाडौँ । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई)विरुद्ध मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई चौलागाईंलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको हो ।
गत ११ साउनमा बहु विवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका असई चौलागाईंले मध्य रातमा आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको अनुसन्धानमा खुलेको थियो ।
कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत उनले महिलालाई राति २ बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ युवतीले उजुरी दिएपछि चौलागाईंलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको हो ।