काठमाडौँ । आइतबार बिहानै खोटाङमा केन्द्रबिन्दु बनेर भूकम्प गएसँगै पराकम्प गइरहेको छ । भूकम्पको धक्काहरू गएसँगै स्थानीयबासी त्रसित
बनेका छन् ।
Advertisement
आज बिहान ८ः१३ मिनेट जाँदा खोटाङकै साकेला गाउँपालिका ५ मात्तिम केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको पराकम्पन जाने क्रम नरोकिएपछि जिल्लाबासी घर बाहिर नै बसिरहेका छन् ।
जिल्लामा केही घर चर्किएका छन् । अन्य क्षतिको विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए । हाल क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।
विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समितिलगायत स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।