काठमाडौँ । सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत ११ जना सहसचिवको सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव ध्रुव घिमिरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक दिवस आचार्यको राष्ट्रिय सूचना आयोग, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका श्यामकृष्ण थापाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश, जनकपुरधामका प्रदेश सचिव अण प्रसाद न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लुम्बिनी प्रदेश वा अन्तर्गत सरुवा भएका छन् ।
यस्तै, शहरी विकास मन्त्रालयका प्राविधिक सहसचिव चक्रवर्ती कण्ठको सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद अनुगमनका कुमार घिमिरे शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालयका सहसचिव देवराज निरौलाको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ विराटनगरका सचिव उद्धव प्रसाद रिजालको धरान उपमहानगरपालिका, वन मन्त्रालयकी सहसचिव डा. राधा वाग्लेको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, प्रदेश १ र त्यहाँका प्रदेश सचिव डा. सञ्जीव कुमार राईलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।