काठमाडौँ । ८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप उनलाई पक्राउ गरेको हो ।
Advertisement
बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका काकाको नाम प्रहरीले गोप्य राखेको छ ।
२४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ । अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुख रावलको भनाइ छ ।
उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।