काठमाडौँ । बीमा कम्पनीबाट ठूलो रकम हात पार्नका लागि नक्कली विवाह गरी युवकको हत्या गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको घटनाबारे जानकारी गराएको हो ।
Advertisement
बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकसँग नक्कली विवाह गरी हत्या र हत्यापश्चात् बीमा रकम असुल्न गरिएको प्रक्रियामा संलग्न ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् ।
यो गिरोहले गरिब परिवारका युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई दुई करोड ५० लाख रुपैयाँको बीमा गराएको खुलेको छ । युवकसँग विवाह गरी दुई करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराएर योजनामा हत्या गरी पैसा बाँडेरसमेत लिएको प्रहरीले जनाएको छ ।