काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो ।
Advertisement
बिहीबार प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ ।
आज चाँदीको मूल्यसमेत बढेको छ । शुक्रबार चाँदीको मूल्य एक हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।